बुटवल– गुल्मीको इस्मामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
गम्भीर घाइते दुई जनामध्ये इस्मा गाउँपालिका–४ का १९ वर्षीय पर्शुराम थापाको उपचारकै क्रममा मृत्यु भएको छ । इस्माबाट गुल्मी सदरमुकाम तम्घासतर्फ जाँदै गरेको गरेको लु १ ज ११६६ नम्बरको जीप वडा नम्बरको ४ हुलमा दुर्घटनामा हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापाको घटनास्थलमै मृत्यु भएको थियो ।
सडकमा घुम्ती मोड्न नसकेपछि जिप भिरबाट खसेको प्रहरीको भनाइ छ ।
घाइते २८ वर्षीया सरस्वती दर्लामीको उपचार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७ ०८:३७