उपत्यकाका ३ वटा कारागारमा करिब ५ हजार कैदी बन्दी छन् । उनीहरूलाई विभिन्न अपराधमा कसूर पुष्टि भएका कारण जेल जीवन भुक्तान गर्न उपत्यकाका ३ वटा कारागार सुन्धारा कारागार, नख्नु कारागार र डिल्लीबाजर कारागारमा राखिएको छ ।
यसमध्यै सबैभन्दा बढी आपराधिक गतिविधिमा संलग्नहरूलाई कारागार व्यवस्थापन विभागले केन्द्रीय कारागार सुन्धारामा राख्ने गरेको छ । हाल सुन्धारा कारागारभित्र ३ हजार १ सय ५० जना कैदी रहेको सुन्धारा कारागारका प्रमुख जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।
यीमध्ये ७ जना कारागारको ‘गोलघर'भित्र रहेको उनको भनाइ छ ।
कारागार स्थापना भएदेखि नै सुन्धारा कारागारमा ७ वटा गोलघर निर्माण गरिएको थियो । तिनै ७ वटा गोलघरमा हाल ७ जना कैदी राखिएको बाँस्कोटाले बताए ।
यी हुन् गोल घरभित्रका कुख्यात अपराधी
केन्द्रीय कारागार सुन्धाराको गोलघरभित्र ७ जना कैदी रहेका छन् । उनीहरूमध्ये २ जना विदेशी कैदी छन् । गोलघरभित्र रहने कैदीहरूमा चूडामणि उप्रेती ‘गोरे’, अभिषेक सिंह, एक जना तेस्रो लिङ्गी, विदेशी कैदीमा फ्रान्सेली नागरिक चार्ल्स शोभराज र अर्का एक जना साउदी अरबका नागरिक बबारी सेब छन् ।
त्यस्तै, समिरमानसिंह बस्नेत र अन्य एक जना राई थर भएका कैदी रहेको जेलर बाँस्कोटाले बताए ।
चूडामणि उप्रेती ‘गोरे’- मोरङ उर्लाबारी- ४ का गोरेमाथि ३३ किलो सुन काण्ड र सनम शाक्य हत्याको मुख्य अभियुक्तको अभियोग लागेको छ । उनलाई ८ जेठ २०७४ मा काठमाडौंको गौरीघाटबाट सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धान गर्न गठित छानबिन समितिले पक्राउ गरेको थियो ।
उनको मुद्दा हाल जिल्ला अदालत मोरङमा विचाराधीन छ । उनी पुर्पक्षका लागि जेल चलान भएका कैदी हुन् ।
अभिषेकराज सिंह- बाँके नेपालगञ्ज- ३ घर भएका ‘सिरियल किलर’को रूपमा चिनिएका सिंह २०७० सालमा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो । प्रहरीका अनुसार तन्त्रमन्त्र सिकेका उनी धार्मिक आवरणमा विभिन्न खाले अपराध गर्दै आएका थिए ।
उनीमाथि १८ जनाभन्दा बढी व्यक्तिको शृंखलाबद्ध हत्या गरेको अभियोग छ । सोही मुद्दामा उनी ललितपुरको नख्खु कारागारमा जन्मकैदको सजाय भोगिरहेका थिए । तर, २० वैशाख २०७५ मा नख्खु कारागारभित्रै अर्का कैदी भक्तबहादुर सुनारलाई खानामा केमिकल मिसाएर हत्या गरेपछि उनलाई केन्द्रीय कारागार सुन्धाराको गोलघरमा राखिएको छ ।
समिरमानसिंह बस्नेत- निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार हुन् समिरमानसिंह बस्नेत । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतबाट पक्राउ गरेको हो ।
गौचनको २३ असोज २०७४ मा राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो ।
चार्ल्स शोभराज- 'विकिनी किलर’का नामले संसारभर कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज १६ वर्षअघिदेखि सुन्धारा कारागारको गोलघरभित्रको जेल जीवन भुक्तान गरिरहेका छन् ।
उनीमाथि विभिन्न देशमा गरी २० जनाभन्दा बढीको हत्या गरेको अभियोग छ । नेपाल घुम्न आएका अमेरिकी महिला पर्यटक कोनी जो ब्रोन्जिचको सन् १९७५ मा हत्या गरेको आरोपमा सर्वोच्च अदालतले शोभराजलाई जन्मकैदसहित आजीवन काराबासको सजाय सुनाएको थियो ।
उनले कतिपय महिलालाई बलात्कारपछि हत्या गरेका थिए । उनीमाथिको अधिकांश अपराध महिलामाथिको छ । उनी एक यौन पिपासु अपराधी हुन् ।
यसरी मेट्छन् यौन चाहना
१६ वर्षको जेल जीवन उनका लागि कष्टकर बन्दै गएको छ । कारागारका कैदीहरूका अनुसार केही समयअघि उनले आफ्नो यौन चाहाना पूरा गर्न अनेकौँ कोसिस गर्ने गरेका थिए ।
कारागारका एक कैदीका अनुसार उनले केही समयअघिसम्म आफ्नो यौन चाहना पूर्ति गर्न काँचो मासुको प्रयोगसम्म गर्ने गरेको पाइएको थियो ।
कैदीले भने, ‘केही समयअघि चार्स बफ (भैँसीको) मासु २ देखि ३ किलो मगाउँथे, त्यसलाई योनीको आकार बनाएर आफ्नो यौन सन्तुष्टि पूरा गर्थे । पछि उनको त्यो हर्कत देखपछि कारागार प्रशसानले उनलाई काँचो मासु दिन प्रतिबन्ध गरेको छ ।’
चार्ल्सको गोलघरभित्रको अधिकांश समय पुस्तक पढेर बित्ने गरेको कारागार प्रशासनले जनाएको छ । उनकी प्रेमिका निहिता विश्वासले केही समयअघिदेखि उनलाई भेट्न छाडिसकेकी छन् ।
शोभराजले समेत निहितालाई कारागारबाट पछिल्लो २ वर्षयता फोन गरेका छैनन् । २९ जेठ २०७४ मा शोभराजको गंगालाल अस्पतालमा ओपन हार्ट सर्जरी भएको थियो ।
शल्यक्रियाका लागि भने निहिताले नै रगत दिएकी थिइन् । त्यसयता भने उनीहरूको सम्पर्क नभएको कारागार प्रशासनको भनाइ छ । निहिता काठमाडौंकी स्थानीयबासी हुन् ।
कुख्यात अपराधीसँगको प्रेम सम्बन्धका कारण उनी चर्चामा थिइन् । चार्स २०६० सालमा काठमाडौंबाट पक्राउ परेका थिए ।
अन्तिम इच्छा छोरी भेट्ने
शोभराजले अन्तिम इच्छा छोरी भेट्ने रहेको बताउँदै आएका छन् । समयसमयमा कारागारका नाइेकेसँग भेट हुँदा उनले आफू जेलमुक्त भएपछि घर फर्किनेसमेत सुनाउने गरेको एक नाइकेले बताए ।
कारागारका नाइकेलाई उनले आफूले जापानी नागरिकसँग विवाह गरेको र उनीबाट एक छोरी जन्मिएको बताएका छन् । आफू नेपाल आउँदा छोरीको उमेर ६ महिना मात्र पुगेको शोभराजले बताएका छन् । नाइकेका अनुसार शोभराज निहिता र शकुन्तलालाई फ्रान्स लैजान चाहन्छन् ।
शोभराज कैद छुटको माग गर्दै १९ कात्तिक २०७५ मा सर्वोच्च अदालत पुगेका थिए । शोभराजको वारेसमा निहिताकी आमा अधिवक्ता शकुन्तला थापा छन् ।
कारागार नियमावलीको प्रावधानमा विदेशी नागरिकले पनि विना भेदभाव न्यायको अपिल गर्न पाउनुपर्ने मागसहित शोभराज सर्वोच्च पुगेका हुन् । कुनै पनि अपराधका कसुरदार भए पनि ७० वर्ष उमेर कटेपछि ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कारागार नियमावलीमा व्यवस्था छ ।
आफूलाई समेत त्यही व्यवस्था लागू हुनुपर्ने उनको माग छ । तर, उनको कैद मिनाहबारे सर्वोच्चले अहिलेसम्म कुनै सुनुवाइ गरेको छैन ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७ २३:३३