आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा, रक्षाबन्धन पर्व देशभर नव यज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । वैदिक सनातन धर्मावलम्बीले आजको दिन नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेपछि जौ, तिल, कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने गरिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ यज्ञोपवित फेर्न काठमाडौं उपत्यकाको पशुपतिनाथ, कुम्भेश्वर मन्दिरलगायतका मठमन्दिरमा कोरोना भाइरस त्रासका कारण अघिल्लो वर्षमा जस्तो भक्तजनको भीडभाड देखिएन । कतिपय मठमन्दिर काेराेनाका कारण बन्द रहेकाले भक्तजनले बाहिरैबाट दर्शन गरेर फर्किएका थिए ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७ १९:१५