कपिलवस्तुमा ३४ जनामा कोरोना संक्रमण भएको छ । शिवराज नगरपालिकामा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७ सय ९६ पुगेको छ ।
आज संक्रमण भएका संक्रमितहरूमध्ये १३ जना स्थानीय मात्र हुन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले ३४ जनामध्ये १३ जना स्थानीय भएको बताए । उनका अनुसार उनीहरू 'ट्राभल हिस्ट्री' छैन । त्यसबाहेक भारतबाट आएका १२ जना, यूएईबाट आएका ४ जना, कतारबाट आएका ३ जना र साउदी अरेबियाबाट आएका २ जनामा कोरोना संक्रमण भएको हो ।
स्थानीय १३ जनामध्ये ११ जना पुरुष र २ जना महिला हुन् । उनीहरूमध्ये ३ जना शिक्षक, १ जना वडा कार्यालयकी सचिव र उनका श्रीमान् रहेका छन् भने अरू किसान र गृहणी रहेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७ १५:५४