गण्डकी प्रदेशमा आइतबार साँझ थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको सूचनाअनुसार राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गण्डकीका थप १ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ थपिएका संक्रमित गोरखाको सिरानचोक गाउँपालिकाका ३६ वर्षीय पुरुष रहेका निर्देशनालयले जनाएको छ ।
संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए । योसँगै गण्डकीमा संक्रमितको संख्या ८ सय ९६ पुगेको छ ।
त्यस्तै, आज थप २६ जना कोरोना मुक्त भएपछि डिस्चार्ज भएका छन् । साँझ डिस्चार्ज हुने २६ जना नवलपरासी सुस्ता पूर्वका हुन् ।
दिउँसो जारी गरेको सूचनामा प्रदेशका विभिन्न जिल्लाका ४९ जना डिस्चार्ज भएका थिए । गण्डकी प्रदेशमा आइतबार डिस्चार्ज हुनेको संख्या ७५ रहेको छ ।
योसहित गण्डकीमा कोरोना जित्नको कुल संख्या १ सय ९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अहिलेसम्म यो प्रदेशमा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७ २१:२३