हेटौंडामा सम्पन्न शहीद स्मृति मकवानपुर गोल्ड कपको उपाधि आयोजक मकवानपुर ११ ले जितेको छ । बिदेशी टोली डाफिन्स क्लबलाई मकवानपुरले २–१ गोल अन्तरले पराजित गर्दै आयोजक मकवानपुरले उपाधि उचालेको हो ।
उपाधिसँगै मकवानपुरले ८ लाख रुपैयाँ जितेको छ भने उपबिजेता डाफिन्सले ४ लाख रुपैयाँमा चित्त बुझाएको छ । मकवानपुरका तर्फबाट दुबै गोल योगेश गुरुङले पेनाल्टी मार्फत गरे ।
विपक्षीले डिबक्समा ह्यान्ड गरेपछि मकवानपुरले पेनाल्टीको अवसर पाएको थियोे । गुरुङले ८ औं र ८१औं मिनेटमा गोल गरेका थिए । डफिन्सका तर्फबाट यानिक योवानाले ५ औं मिनेटमा गरेका थिए ।
खेलको म्यान अफ द टुर्नामेन्ट मकवानपुरका हिसुब थपलिया भए । उनले १० हजार प्राप्त गरे । यसै ग री प्रतियोगीताको सर्बोत्कृष्ट खेलाडी मकवानपुरका गोलरक्षक अशोक बराल
भए । उनले ७५ हजार प्राप्त गरे ।
उत्कृष्ट गोलरक्षक मकवानपुरका अशोक बराल भए । उत्कृष्ट मिल्डफिल्डर मकवानपुरका योगेश गुरुङ भए । उत्कृष्ट डिफेन्डर डाफिन्सका ओको बोटा भए । उत्कृष्ट फर्वार्ड मकवानपुरका रेजिन सुब्बा भए भने उत्कृष्ट कोच मकवानपुरका बिजयलाल श्रेष्ठ भए । उनीहरुले जनही २०÷२० हजार प्राप्त गरे ।
बिजेता तथा उपबिजेताहरुलाई प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगयतका अतिथिहरुले नगद, शिल्ड, प्रमाणपत्र बितरण गरेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५ ०४:३९