बझाङको बित्थडचिरमा थप ७ जनामा आरडीटी पोजेटिभ देखिएको छ । बित्थडचिर- ५ स्थित शिव भवानी मावि तल्ला भताडामा रहेका ७ जनामा पनि आरडीटी पोजेटिभ देखिएको हो ।
यसअघि आज नै १ जना र बुधबार १ जनामा पनि आरडीटी पोजेटिभ देखिएको थियो । अझै पनि परीक्षण जारी रहेकाले थप हुन सक्ने आशंका रहेको स्वास्थ्य कार्यालय बझाङका फोकलप्रसन नारायण जोशीले बताए । उनीहरू सबै जनाको नमुना स्वाब संकलन गरेर धनगढी पठाउने तयारी रहेको पनि जोशीले बताए ।
यसअघि बित्थडकै १ जना आरडीटी पोजेटिभ आउँदा उनीसहित ११ जनाको नमूना स्वाब संकलन गरिएको थियो । उनीहरूमध्ये ९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, १ जनाको बिग्रेको र १ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७ १५:०९