कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’को चौथो दिन पनि सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढी लगायत यहाँका सबै बजार, उद्योग ठप्प छन् । अत्यावश्यक वस्तुका पसल भने बिहान÷बेलुका खुले पनि बजार सुनसान छन् ।
मंगलबारदेखि एक साताका लागि देशभर घोषणा गरेको ‘लकडाउन’को समयमा धनगढीमा पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका गाडीमात्र चलिरहेका छन् ।
अनुमति नलिएरै चलाएका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर बेलुकीमात्रै छोड्ने गरेको छ । बिहीबार सुदूरपश्चिम प्रदेशबाट ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले २१ जना मानिस र एक सय ७७ वटा सवारीसाधन नियन्त्रणमा लिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६ ०९:३५