नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल शनिबार जनकपुर बोटल्स् र विराटनगर किंग्सबीच भइरहेको छ । त्रिवि मैदान कीर्तिपुरमा अहिले १२८ रनको लक्ष्य पाएको जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।
जनकपुरका दुवै ओपनर भने सस्तैमा आउट भएका छन् । मार्की खेलाडीसमेत रहेका आसिफ शेख शून्यमा आउट भएका छन् भने अर्का ओपनर तथा कप्तान अनिल साह ५ रन बनाएर आउट भएका छन् ।
विराटनगरका लागि प्रतिश जीसी र क्रिस सोलेले एक एक विकेट लिएका छन् । तर, दुवै बलरले एक्स्ट्रा रन दिँदा जनकपुरको स्कोर ३ ओभरमा ३० रन पुगेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१ १४:३४