नेपालको दोस्रो र विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको बेस क्याम्पसम्म ट्रेकिङ गर्नेको संख्या बढिरहेको छ । यो पदयात्राको महिमा देश विदेश पुगिरहँदा यहाँ आउनेको संख्या बाक्लो देखिन थालेको छ । यतिबेला विदेशी पर्यटक उकालो, ओरालो गरिरहेका देखिन्छन् ।
यहाँका होटलहरू पर्यटकले भरिएका छन् । प्राकृतिक रूपमा सुन्दर, अनेकन हिमाली दृश्य तथा चोखो हिमाली क्षेत्र भएकाले यहाँ ट्रेकिङ गर्न विदेशीले रुचाएका छन् । अन्यत्रको जस्तो भिड देखिँदैन भने परम्परागत हिमाली गतिविधिको पनि अवलोकन गर्न पाइन्छ ।
८५८६ मिटर उचाइको कञ्चनजङ्घालाई उत्तरी र दक्षिणी मोहोडाबाट हेर्न मिल्छ । उत्तर तर्फ पाङपेमा (५१४२ मिटर) र दक्षिणी उक्ताङ (४७५० मिटर) मा बेस क्याम्प रहेका छन् । सेलेले पास गरेर दुवै बेसक्याम्पको यात्रा गर्न सकिन्छ ।
कञ्चनजङ्घाका साथ अनेकलन हिमाल रहेका छन् । ८ हजार मिटरमाथिका ४ र ७ हजार मिटरमाथिका १७ हजार हिमाल रहेका छन् । फक्ताङलुङ (कुम्भकर्ण) यहाँको अर्को महत्त्वपूर्ण हिमाल हो ।
बाटोभरि विदेशी पर्यटक भेटिन्थे । क्याम्प नै पिच्छे राम्रा होटल बनेका छन् भने ठाउँठाउँ टि–हाउस भेटिन्छ । यो सिजनमा ६ सय ५० जना विदेशी ट्रेकिङमा आएको तथ्यांक कञ्चनजङ्घा संरक्षण क्षेत्रसँग छ । विदेशी आउने क्रम जारी रहेकाले संख्या बढ्ने अनुमान छ ।
हेर्नुस्, केही दिनअघि खिचिएको कञ्चनजङ्घाको उत्तरी क्षेत्रका तस्वीरः
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ ०७:३०