माेरङको उर्लावारीमा गत वर्ष माघमा फेला परेको हिउँचितुवा ललितपुरस्थित जावलाखेल चिडियाखानामा सर्वसाधारणले पनि हेर्न पाउने गरी राखिएको छ । अब सर्वसाधारणले चिडियाखाना अवलोकन गर्दा शनिबारदेखि हिउँचितुवा पनि हेर्न पाउनेछन् ।

हिउँचितुवा सर्वसाधारणले हेर्न पाउने घोषणा शुक्रबार वनमन्त्री ऐनबहादुर शाहीले गरे । शुक्रबार आयोजित विशेष कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि उपस्थित थिए ।

यो हिउँचितुवाको नाम कञ्चन राखिएको छ । यसलाई हिमाली वातावरण दिन १६ डिग्रीय सेल्सियसको तापक्रममा राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख नरेश सुबेदीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१ १८:२०