कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा विराटनगरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २०८२ साललाई कोशी पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेका हुन् ।
-1727439423.jpg)
२०८२ साललाई पर्यटन वर्ष बनाउनका लागि विभिन्न किसिमका तयारी थालिएको बताइएको छ । २०८२ सालमा ८२ गन्तव्य प्राथमिकतामा राखेर पर्यटन वर्ष मनाउने बताइएको छ । आर्थिक वर्ष २०८१/२०८२ को बजेट तथा नीति कार्यक्रममा कोशी सरकारले भ्रमण वर्ष घोषणा गरेको थियो । 'रमणीय कोशी' भन्ने नाराका साथ मनाइने भ्रमण वर्षका लागि १० करोड बजेट छुट्याइएको छ ।
-1727439436.jpg)
'कोशी प्रदेश पर्यटन वर्ष २०८२' कोशी प्रदेशको पर्यटनसँग सम्बन्धित नीति निर्माण, संरचनाहरूको निर्माण र पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटनमार्फत समृद्धिको आधार खोज्ने वर्षको रूपमा हुनेछ,’ मुख्यमन्त्री कार्कीले घोषणा कार्यक्रममा भने, ‘कोशी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभई विश्वकै उत्कृष्ट गन्तव्य भएको प्रदेश हो । हामीले यथोचित प्रचारप्रसार र गन्तव्यहरूको प्रवर्द्धन गर्न नसक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकेका छैनौँ ।’
-1727439450.jpg)
हिमाल, पहाड र तराईको भौगोलिक अवस्थिति भएको कोशी प्रदेश पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहे पनि यस प्रदेशले ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिरहेको छैन । विश्वको अग्लो सगरमाथा र विश्वकै होचो केचना कवल रहेको यो प्रदेशमा पर्याप्त पयर्टन पूर्वाधारको अभाव, प्रचारप्रसारको अभाव तथा व्यवस्थापन राम्रो नहुँदा ठूलो संख्यामा पर्यटक भित्र्याउन नसकिरहेको अवस्था छ ।
-1727439464.jpg)
‘पर्यटन प्रवर्द्धनमा सरकारले थालेको यो प्रयास महत्त्वपूर्ण हुनेछ । निजीक्षेत्रले काम गरिरहेका छौँ । पर्यटन वर्षमा पक्कै पनि सहकार्यमा काम हुनेछ,’ होटल व्यवसायी संघ कोशीका अध्यक्ष राजन दंगालले भने, ‘एकै रुटका पर्यटकीय गन्तव्यको प्रवर्द्धन हुने काम गर्नुपर्छ । पर्यटन वर्ष सफल बनाउन विशेष योजना बनाउनु आवश्यक छ ।’
-1727439477.JPG)
कोशी प्रदेशलाई प्राकृतिक, धार्मिक, सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ । यस प्रदेशमा सगरमाथा, कञ्चनजङ्घा, लोत्से, मकालुजस्ता महत्त्वपूर्ण हिमाल रहेका छन् । पाथिभरा, बराह क्षेत्र, हलेसी, खुवालुङ, फक्ताङलुङ, माङसेबुङ, तुवाचुङ, रामधुनी, लारुम्बा, लोब्रकेटी, अर्जुनधाराजस्ता अनेकन गन्तव्य रहेका छन् ।
-1727439494.JPG)
अरुण उपत्यका, कोशी टप्पु वन्यजन्तु आरक्ष, चियाको राजधानी इलाम, लालीगुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले, सूर्योदय र सूर्यास्तका दृश्यावलोकन गर्न सकिने ठाँउहरू छन् । रेडपाण्डालगायतका महत्त्वपूर्ण र दुर्लभ वन्यजन्तुको बासस्थान पनि रहेको छ । थरीथरीका गुराँस कोशी प्रदेशमा फुल्ने गर्छन् । ताल, तलैया तथा अन्य रमणीय क्षेत्रहरू रहेका छन् ।
-1727439507.jpg)
र्याफ्टिङलगायतका साहसिक पर्यटन, पदयात्रा तथा अनेकन ठाउँहहरू, होमस्टे, चरा अवलोकन, चौँरीसँग रमाइलो गर्न मिल्ने अनेकन ठाउँहरू, केन्जोलगायतका वनस्पति पनि यस क्षेत्रमा रहेका छन् । सप्तकोशी, अरुण, तमोर जस्ता नदीहरू छन् । विभिन्न जाताजातिमा आधारित संस्कृति उत्तिकै पनि छन् । सम्भावना धेरै रहँदारहँदै पनि कोशी प्रदेशका धेरै गन्तव्यमा पर्याप्त पर्यटक पुग्न सकेका छैनन् ।
-1727439524.jpg)
जिल्लापिच्छे विशेषता छन् । स्वीस सरकारसँग मिलेर मुन्धुमसहित पाँच पदमार्गको काम भइरहेको छ । ‘यहाँ अनेकन सम्भावना छन् । गन्तव्यअनुसार धेरै संख्यामा पर्यटक ल्याउन सकिएको छैन । बाह्य पर्यटकलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेछ,’ पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरोज कट्टेलले भने, ‘आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु उत्तिकै आवश्यक छ ।
-1727439540.jpg)
अनेकन पर्यटकीय गन्तव्य रहेको कोशी प्रदेशलाई सरकारले पर्यटकीय वर्ष घोषणा गरेसँगै गर्नुपर्ने प्रवर्द्धन र विकासका कामहरूमा ध्यान दिनुपर्ने देखिन्छ । पूर्वाधारको विकास, जथभावी गरिने निर्माणका कामलाई निरुत्साहित गरेर प्रकृतिमैत्री विकास, पर्यटकका सुविधा, सहजता तथा नीति निर्माणमा ध्यान दिनुपर्ने ताप्लेजुङका पर्यटन व्यवसायी अमिर राई बताउँछन् ।
-1727439700.JPG)
-1727439699.JPG)
-1727439699.JPG)
-1727439698.jpg)
-1727439697.jpg)
-1727439696.jpg)
-1727439696.jpg)
-1727439695.jpg)
-1727439695.jpg)
-1727439694.jpg)
-1727439694.jpg)
-1727439861.jpg)
-1727439861.JPG)
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ २१:२८