ललितपुरको पाटनकी लक्ष्मी नकर्मीले ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका महिलाहरूलाई कला सिकाउँदै आएकी छन् । नकर्मीले उनीहरूलाई मकैको खोस्टाबाट बन्ने कलात्मक सामग्री निर्माण गर्न सिकाइरहेकी छन् ।
मंगल बजारको हाकामा 'सिस्टर्स क्रिएसन' नामक संस्था खोलेर नकर्मीले ३ दशकदेखि आफूलाई यो क्षेत्रमा होमेकी हुन् । अहिले उनले फरक क्षमताका सात जना, ज्येष्ठ नागरिक दुई जना तथा दुई जना स्थानीय गृहिणीलाई रोजगारी दिएकी छन् ।
.jpg)
नकर्मीका अनुसार उनले मागअनुसार ५० हजारसम्मका यस्ता कला बनाउने गरेकी छन् । विद्यालय, सजावट सामग्रीका पसल तथा गुम्बाहरूबाट आफूलाई माग आउने गरेको उनले बताइन् ।
.jpg)
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो कलाकारिता प्रदर्शन गरिसकेकी छन् । उनले दुई महिनाअघि दुबईको ग्लोबल भिलेजमा पनि आफू सहभागी भएको उनले जानकारी दिइन् ।
.jpg)
उनको टिमले हालसम्म १२५ भन्दा बढी जनजातिहरूको यस्ता कलाकृति बनाइसकेको छ । यी कलाकृतिहरू वातावरणमैत्री रहेकाले विदेशीहरूले निकै रुचाएको नकर्मी बताउँछिन् । इटाली, अमेरिका, जर्मनी, अस्ट्रेलियासम्म आफ्ना कलाकृति पुगेको नकर्मीको भनाइ छ ।
.jpg)
नकर्मीका अनुसार उनले विद्यालय तथा काठमाडौं उपत्यकाबाहिर गएर पनि तालिम दिने गरेकी छन् । हालै धादिङको चिउरीखर्कमा १५ दिन चेपाङ समुदायलाई तालिम दिएकी छन् ।
.jpg)
एउटा राम्रो कलाकृति बनाउन १० देखि १५ दिनसम्म लाग्ने नकर्मीको भनाइ छ । आफूले गरेको काममा सन्तुष्ट रहेको उनी बताउँछिन् । वार्षिक १० देखि १५ लाखसम्म कमाइ हुने गरेको उनले भनाइ छ ।
.jpg)
हेर्नुस्, नकर्मीको टिमले बनाएका केही कलाकृतिहरूः
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१ ११:१५