मंगलबार काठमाडौंमा पानी पर्यो । हावाहुरीसहित वर्षा भइरहँदा मानिसहरू रुझ्दै लागेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।
आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीलगायतका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जानकारी दिएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
आज राति कोशी, मधेश, गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।
हेर्नुस् तस्वीरहरूः
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ १२:५६