बेलायती प्रधानमन्त्री बोरिस जोनसन एकपछि अर्को गर्दै विवादमा फसिरहेका छन् । संसद् निलम्बन गर्ने कदमलाई अदालतले अवैधानिक घोषणा गरेपछि उनले महारानीसँग माफी नै मागेका थिए ।
अब उनी एक नायिकासँग रात बिताएको काण्डका कारण विवादमा परेका छन् । जेलिफर अर्कुरी नामकी एक अमेरिकी महिलाले लण्डनको मेयर भएको समयमा आफूसँग रात बिताएको दाबी गरेकी छिन् ।
बेलायतको द सन्डे टाइम्सका अनुसार बलिउड फिल्ममा समेत काम गरेकी जेनिफरले आफ्ना साथीहरूसँग यो दाबी गरेकी हुन् ।
उनले गोविन्दासँग ‘नटी एट ४०’ फिल्ममा भूमिका निभाएकी थिइन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने यो आरोप अस्वीकार गरेका छन् । अर्कुरी सन् २०११ मा लण्डन गएकी थिइन् ।
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६ १५:०४