शृंखलावद्ध सुन तस्करी र उपत्यकामा हुने लुटपाटका घटनामा संलग्न भएको प्रमाण फेला परेलगत्तै महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असइ) जागिर छाडेर भागेका छन् ।
उपत्यकामा हुने सुन तस्करी र लुटपाटमा संलग्न भएको प्रमाण भेटिएको थाहा पाएलगत्तै गत शुक्रवारदेखि असइ प्रितम लामा प्रहरी सम्पर्कबाट बेपत्ता भएको परिसर स्राेतले जानकारी दियो ।
प्रहरीका अनुसार उपत्यकामा हुने सुन तस्करी र लुटपालमा उनको नाम मुछिएपछि प्रहरीले आन्तरिक अनुसन्धान गरिरहेको थियो ।
लामा सात वर्षदेखि काठमाडौ प्रहरी परिसरमा सादा पोशाकमा घुमुवा प्रहरीका रुपमा कार्यरत थिए ।
उनलाई उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै केही दिनअघिमात्र वढुवा गरिएको थियो । हवल्दारवाट भर्खरै असइ भएका लामा परिवारको सम्पर्कमा समेत नरहेको प्रहरीको दावी छ ।
राम्रो काम गरेको भन्दै भर्खरे वढुवा भएका थिए तर सुन तस्करी र लुटपाटमा संलग्न रहेछन्, यसबारे अनुसनधान थालेपछि फस्ने डरले जागिर नै छाडेर भागे,’ परिसर स्राेतले भन्यो ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६ ०६:०७