२०७४ सालमा धरान उपमहानगरपालिकाको निर्वाचनमा एमालेका तारा सुब्बा मेयर निर्वाचित भए । निर्वाचित भएको एक वर्ष नपुग्दै सुब्बाको २०७५ साउनमा निधन भयो । त्यसपछि सरकारले धरानमा उपनिर्वाचन गराउने घोषणा गर्यो । २०७६ मङ्सिरमा उपनिर्वाचन भयो । कांग्रेसबाट तिलक राईले मेयर जिते उतिबेला । राईको जित धरानको इतिहासमा गैरवामपन्थीहरूको पहिलो जित थियो ।
गैरवामपन्थीलाई धरानको मेयर जिताएर इतिहास बनाएको २०७६ को उपनिर्वाचनमा हर्क साम्पाङसमेत प्रतिस्पर्धी थिए । तर, उनको निर्वाचनमा हैसियत भने उत्रो थिएन त्यति बेला । तिलक राईले मेयर जितेको त्यो बेला स्वतन्त्र रूपमा उठेका हर्क साम्पाङले ४२२ मत मात्र ल्याएका थिए । खानेपानीकै मुद्दा बोकेर तत्कालीन निर्वाचनमा भाग लिएका साम्पाङलाई सो निर्वाचनले पाँचौँ बनाएको थियो ।
तिलक राईले २०७६ सालमा मेयर जित्दा उनको प्रमुख एजेन्डा धरानको खानेपानी समस्याको समाधान थियो । त्यही मुद्दालाई कांग्रेसले बोकेको थियो उपनिर्वाचनमा । जसले चुनावसम्म जितायो । तर, मेयरमा निर्वाचित भएपछि तिलक राईले वाचा गरेको जस्तो खानेपानीका लागि काम गर्न सकेनन् । ऋण सहयोग गरेको खानेपानी परियोजना सकिए पनि राईको पालामा धराने जनताको खानेपानी समस्या समाधान भने भएन ।
निर्वाचनमा हारे पनि साम्पाङ भने खानेपानीको मुद्दालाई उठाइरहेका थिए । धराने जनताले खानेपानी नपाएको त्यही मुद्दालाई साम्पाङले निरन्तरता दिइरहे । २०७६ को उपनिर्वाचनमा ४२२ मत ल्याएर पाँचौँ भएका साम्पाङले २०७९ को निर्वाचनसम्म आइपुग्दा भने पहिलो बने ।
खानेपानी मुद्दालाई निरन्तरता दिएकै कारण आफूलाई जनताले पत्याएको शिलापत्रसँगको प्रतिक्रियामा साम्पाङले निर्वाचन परिणाम आएपछि बताएका थिए । उनले भनेका थिए, ‘मैले निरन्तरता दिएँ । अरू चुनाव हारेर कता जानुभयो, धराने जनताले देखेनन् । मचाहिँ जनताकै बीचमा थिएँ । धराने जनताको समस्या उठाएरै बसेँ । त्यसैले मलाई जनताले पत्याएका हुन् ।’
०००
निर्वाचनमा खानेपानीको मुद्दा लिएर आएका हर्कले कार्यकाल सुरु भएलगत्तै खानेपानीमा आफ्नो काम सुरु गरेका थिए । एडीबीको ऋणमा बनेको खानेपानी परियोजनामा पानी अपुग भएपछि साम्पाङ आफैँ खानेपानीको स्रोत खोज्न फिल्डमा निस्किए ।
सुरुमा साम्पाङले धरानको पकुवा खोलाबाट पानी ल्याउनका लागि श्रमदानमा खटिन नगरवासीलाई आह्वान गरेका थिए । श्रमको आह्वानसँगै साम्पाङ आफैँ काममा खटिए । दिनभरि ढुङ्गा बोक्ने, गैँती र बेल्चा हान्ने काममा आफैँ मेयर खटिएपछि उनलाई सहयोग गर्नेहरूको समेत उपस्थिति बाक्लियो ।
पकुवासँगै धरानका अन्य साना खोलाहरूबाट श्रमदान र सहयोगी दाताको आर्थिक सहयोगमा खोलाको पानी धारासम्म ल्याउन साम्पाङ सफल भए । खोलाको पानी ल्याउनुका साथै उनी निरन्तर समाचारको पात्र बन्नुको अर्को काम भने श्रम अभियान हो । श्रम अभियानमार्फत खानेपानीसँगै उनले बिरुवा रोप्ने कार्यमा समेत ठूलो उत्प्रेरणा जगाए ।
देशभरबाट अभियानमा सहयोग गर्नसमेत उस्तै लर्को लाग्यो धरानमा । श्रम अभियानसँगै यातायात व्यवस्थापन र लागुपदार्थविरुद्धसमेत साम्पाङको सक्रियता उस्तै रह्यो । हरेक शुक्रबार लागुपदार्थविरुद्ध साम्पाङले चलाएको अभियानसमेत चर्चामा रहेको छ ।
सकारात्मक प्रोत्साहनसँगै साम्पाङको नकारात्मक आलोचना भने नभएको हैन । फेसबुकमा अनावश्यक प्रतिक्रिया दिने, अरूको सम्मान गर्न नसक्ने, दलितलाई होच्याएर बोलेको भन्ने कैयौँ विषयमा साम्पाङको आलोचना निकै भयो । सामाजिक सञ्जालसँगै साम्पाङलाई लाग्ने अर्को आरोप हो– आफ्नै सहयात्री जनप्रतिनिधिहरूलाई साथमा लिएर हिँड्न नसक्नु ।
विगत केही दिनदेखि अहिले पनि मेयर साम्पाङसँग वडाध्यक्षसँगै कार्यपालिका सदस्यहरू रुष्ट छन् । कार्यपालिका बैठकमा वडाध्यक्षहरूलाई गर्ने व्यवहारबाट समेत साम्पाङ र वडाध्यक्षहरूबीचको द्वन्द्व अहिले पनि उस्तै छ । वडाध्यक्षहरूलाई कहिले तीनदिने स्पष्टीकरण पठाउनु । कहिले कार्यपालिकामा बोल्न अवरोध गर्नेलगायतका आरोपहरू साम्पाङलाई लाग्ने गरेका नियमित आरोपहरू हुन् ।
जे होस्, धरानबाट स्वतन्त्रको विगुल फुकेका हर्कलाई असफल हुने छुट छैन । अहिलेसम्म उनी टर्रो अभिव्यक्तिबाहेक लोभ, लालच र हिनामिनाको आरोपबाट आफूलाई जोगाउन सफल छन्, जुन अनुकरणीय छ । धरानबाट श्रम संस्कृतिको सुरुवात गर्न कम्मर कसेका हर्कलाई अझै प्रभावकारी कार्य अनि नयाँ वर्षकाे शुभकामना छ ।
वर्षान्त २०७९ का अन्य सामग्रीहरूः
समाचार निर्माता २०७९
दुर्घटनाले चिनाएका पोखराका ‘रियल हिरो’
मतदाताको आशा, तोसिमाको तमासा
देउवालाई पहिले प्रश्न, पछि चुनावी मैदानमै चुनौती दिएका सागर
हिमालले हुर्काएको चुङ्बा शेर्पाको सपना
गिनिज बुकमा दिनेशको दबदबा
कलाः
तिलकसिंह पेला बने 'शिलापत्र वर्षकलाकार', जो भाइरल हुने भागदौडबाट अलग्गै बसे (भिडियोसहित)
फुर्वासँगको लफडाले विवादित बनेकी 'रिल'की सोझी मिरुनाको 'रिअल थप्पड'
‘प्रकाश’मार्फत प्रदीपको दोस्रो जन्म
पूर्वाग्रहमा प्रताडित अपूर्व
तन्नेरीलाई तताउने एलिना
खेलः
प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जितेका क्रिकेटर आशिफ शेख बने 'शिलापत्र वर्षखेलाडी २०७९'
नेपाली क्रिकेट टिमले अहम् सपना पूरा गरेको वर्ष
अन्तर्राष्ट्रिय फुटबलमा करिअरकै पहिलो ह्याट्रिक गरेका अञ्जन विष्ट
माल्दिभ्समा उत्कृष्ट बनेकी नेपालकी माली
नेपालको नाममा अभूतपूर्व जित निकाल्ने पब्जी टिम 'द रियल सोल्जर्स'
सिनेमाः
उत्कृष्ट सिनेमा २०७९ : दर्शकलाई हलसम्म तानेको 'छक्का पञ्जा ४'
उत्कृष्ट सिनेमा २०७९ः नेपाली स्वादको 'प्रकाश'
उत्कृष्ट सिनेमा २०७९ः चोटिलो कथा भन्ने 'महापुरुष'
उत्कृष्ट सिनेमा २०७९ः नेपाली स्वादमा मनोरञ्जन दिने कबड्डी ४
उत्कृष्ट सिनेमा २०७९ः दशककै उत्कृष्ट फिल्म 'ऐना झ्यालको पुतली'
नाटक
वर्षनाटक २०७९ : एउटा मान्छेका अनेकौँ सपना देखाउने नाटक
वर्षनाटक २०७९ : किरात सभ्यताकाे साक्षी- ढुङ्गाकाे कथा ‘खुवालुङ’
वर्षनाटक २०७९ : १७ वर्षअघिको उपन्यासलाई पछ्याउने 'पल्पसा क्याफे'
वर्षनाटक २०७९ : वीरेणप्रतापका सपना, यथार्थ र भ्रमको मोन्टाज देखाउने नाटक
वर्षनाटक २०७९- महिला हिंसा र छुवाछुतमाथि बहस छेड्ने 'विमोक्ष'
गजल/कविता
शिलापत्र वर्षपुस्तक मफलर : प्रेमिल गजलमा पोखिएको जीवनदर्शन
बिरानो मुलुकमा पोखिएका यादको सँगालो
जातीय उत्पीडनविरुद्धको विद्रोह–कामी
मानवीय चेतनाको आक्रोशको अभिव्यक्ति : काला बादलमा उज्याला पाइला
कोमलतालाई भाषाले नथिचेको कविता
गैरआख्यान
सगरमाथाको उचाइसँगै जीवन र भूगोलको उचाइ बताउने पुस्तक– पन्ध्रौँ चुली
जीवनीबाट अर्थराजनीति र समाज खोतलिएको- एक बागी
साहित्यको अनौपचारिक इतिहास
कर्णालीमार्फत नेपाली समाज उधिनिएको- शून्यको मूल्य
सुदूरपश्चिमको इतिहास कहने पुस्तक- द्वारिकादेवी ठकुरानी
आख्यान
जनकपुरबाट इजोरियाले देखाएको समाजको चित्र
बदलिएको समाजको कथा भन्छ– बाआमा
१४औँ शताब्दीको सामाजिक कथा बताउने 'रुइसे दरबार'
जनावरको मनोविज्ञान बुझाउने 'फुर्के' जसले कुकुरको आत्मकथा भन्छ
शहरमा बसेर शहरका नभएका एक्लाहरूको कथा
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ १८:००