यातायात व्यवसायीद्वारा सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानीसोमबार यातायात व्यवस्था विभागसँग छलफल गरी थप मागमा सहमति गरेका छन् तर कहिलेदेखि यातायात सञ्चालन गर्ने भन्ने कुराको कुनै निश्चित समय तोकिएको छैन ।६ साउन, २०७७ Share
बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्लामा उच्च सतर्कताअविरल वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हुँदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ६ साउन, २०७७ Share
सरकारी खर्चमा कामदार फर्काउने बजेट दूतावासमाश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।६ साउन, २०७७ Share
सडक कालोपत्रे गरेको २ दिनमै खाल्डाजानुकादेवी कन्स्ट्रक्सनले १९ स्क्वायर मिटर सडक मर्मतको जिम्मा पाए पनि काम पूरा नगरेकाले भुक्तानी रोकेको सडक विभाग नुवाकोटले जनाएको छ४ साउन, २०७७ Share
विद्यालय सञ्चालन कार्यविधि तयार, साउन दोस्रो सातासम्म अनिवार्य हाजिरराज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ ।४ साउन, २०७७ Share
बुधबारदेखि सार्वजनिक यातायात चल्ने११ चैतदेखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् ।४ साउन, २०७७ Share
पशुपतिनाथको मन्दिर खुला गर्ने तयारीदर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाले जानकारी दिए ।३ साउन, २०७७ Share
प्रदेश ५ कोरोना संक्रमण मुक्त हुँदैदेशभरमा कोरोना सङ्क्रमणको सबैभन्दा उच्च दर रहेको प्रदेश-५ कुनै ‘भवितव्य’ नभएमा छिट्टै कोरोना मुक्त प्रदेश बन्दैछ । उच्च जोखिममा गनिएको यो प्रदेश निको भएर घर फर्किने दर ९१ प्रतिशत छ । देशभर यस्तो दर ६६ प्रतिशत मात्रै छ ।३ साउन, २०७७ Share
स्थगित परीक्षा दसैँअघि नै सञ्चालन गर्ने त्रिविको तयारीत्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस संक्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ।२ साउन, २०७७ Share
अब १० मिनेटमै कर दाखिला गर्न सकिनेसाना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले विकास गरेको उक्त प्रणालीमार्फत करदाताले नजिकैको बैङ्कमार्फत नै कर र आय विवरण दाखिला गर्न पाउने सुविधा उपलब्ध छ ।२ साउन, २०७७ Share
कोरोना संक्रमितभन्दा निको हुने बढेपछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ६ सय ९७ जना डिस्चार्ज भएका छन् । यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ ।१ साउन, २०७७ Share
महाकवि देवकोटाको घर संग्रहालय बनाइनेमहाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ सङ्ग्रहालयका रूपमा निर्माण हुने भएको छ । काठमाडौंको डिल्लीबजारस्थित ‘कविकुञ्ज’ लाई सङ्ग्रहालयका रूपमा निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण प्रक्रिया अगाडि बढाइएको छ । १ साउन, २०७७ Share
लालपुर्जाविहीन हुम्लाको मासपुर गाउँसदरमुकाम पुग्न भौगोलिक हिसाबले टाढा भएपछि हुम्लाका मासपुर गाउँका बासिन्दा लालपुर्जाविहीन छन् । जग्गा उपयोग गर्दै आए पनि सो गाउँका बासिन्दाको लालपुर्जाविहीन जग्गाधनीको परिचय बनेको छ ।१ साउन, २०७७ Share
काठमाडौंका जनप्रतिनिधि अब साइकलमाकाठमाडौं महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई अब साइकलमै आतेजाते गरेको देख्न पाइने भएको छ । महानगरका करिब ८ सय कर्मचारीले पनि अब साइकलबाटै घर तथा कार्यालय ओहोरदोहोर गर्ने भएका छन् ।३१ असार, २०७७ Share
काठमाडौंमा चल्न थाले सार्वजनिक यातायातसुन्दर यातायातले काठमाडौं उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरेको छ । मङ्गलबारबाट सञ्चालन भएका विद्युतीय बसमध्ये ३ वटा चक्रपथमा र एउटा सूर्यविनायक-रत्नपार्क सञ्चालन गरिएको छ ।३१ असार, २०७७ Share
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागूसरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन ।३० असार, २०७७ Share
‘चिच्याइरहेँ, बाढी र लेदोले बगाइरह्यो’अघिल्लो दिन खेतबारीको कामले अति थाकेपछि रातभर एक निद्रा पनि नब्युँझी २६ गते बिहानै आँखा खुले । बिहान भीषण वर्षा भइरहेको थियो । त्यति बेला बिहानको ७ बजेको थियो । भीषण वर्षाका कारण बिहान रात परेको जस्तै भएको थियो । २८ असार, २०७७ Share
आजदेखि एसी बस सञ्चालनमा बन्दाबन्दीका कारण लामो समय थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । २८ असार, २०७७ Share