अपराध संहिता कार्यान्वयन, अपराध लुकाउन गाह्रो“कानुनका अगाडि सबै समान र कानुन कार्यान्वयनमा राजनीतिक हस्तक्षेप नहुने हो भने साना न ठूला, सबैलाई समान रूपमा कानुन लाग्छ”, एक जना उच्च प्रहरी अधिकारीको भनाइ छ, “एकपछि अर्को विशिष्ट व्यक्ति क्रमशः पक्राउ तथा अनुसन्धानमा तानिएपछि व्यवहारले नै यो प्रमाणित हुँदैछ ।”३ कात्तिक, २०७६ Share
थन्कियो छात्रवृत्ति कोषको करोडौँ रुपियाँमन्त्रालयका पदाधिकारीहरूका अनुसार विगतमा सबैभन्दा बढी ब्याज दिने बैङ्कहरूलाई आह्वान गरी प्रतिस्पर्धाका आधारमा कोषको रकम राख्ने गरिन्थ्यो । बैङ्कहरूले वार्षिक आठ प्रतिशतसम्म ब्याज दिएका थिए । ब्याजले पनि कोषको रकम वृद्धि हुन पुगेको थियो ।३ कात्तिक, २०७६ Share
बन्यो हात्ती धपाउने साइरन ड्रोनमौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने तथ्य फेला परेपछि मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरिएको उनले बताए । यो ड्रोनमा रातो बत्तीसमेत प्रयोग गरिएको छ ।३ कात्तिक, २०७६ Share
निको हुन्छ स्तन क्यान्सर, वार्षिक पाँच हजार विरामी थपिँदैसुरुमै पत्ता लगाउन सके स्तन क्यान्सरबाट पूर्ण रूपमा बच्न सकिने भए पनि नेपालमा भने स्तन क्यान्सर रोग लागेका महिला दोस्रो वा तेस्रो चरणमा मात्र अस्पताल पुग्ने गरेको पाइएको छ ।२ कात्तिक, २०७६ Share
जग्गाको मालिक महिला भएको गाउँसो गाउँमा रहेका जग्गा, जमिन, बैङ्क खाता महिलाको नाममै रहेको छ । त्यो हो, बाँकेको जानकी गाउँपालिका–३ स्थित बन्जारेगाउँ ।२ कात्तिक, २०७६ Share
स्थानीय तहका पदाधिकारीहरुको पारिश्रमिक : कसको कति थियो सुविधा ?गाउँपालिका अध्यक्षलाई मासिक सुविधा ३० हजार रुपियाँ तोकिएको थियो । यस्तै उपाध्यक्षको हकमा २५ हजार, वडाध्यक्षको २० हजार, कार्यपालिका सदस्यको आठ हजार, सभाका सदस्यको मासिक पाँच हजार रुपियाँ सुविधा तोकिएको थियो ।२ कात्तिक, २०७६ Share
पेट्रोलियम पाइपलाइन विस्तार सर्वेक्षण : चुहावट शून्य, एक अर्ब बचतनिगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार अमलेखगन्जदेखि लोथरसम्मको करिब ६७ किलोमिटर दूरीको यो प्रारम्भिक सर्वेक्षण हो । उनले भने, “लोकेसन गरी पार्ट पार्ट छुट्ट्याइएको छ । सर्वे सम्पन्न भयो अब आयोजनाको डीपीआर निर्माणलगायतका काम अघि बढ्नेछन् ।”२ कात्तिक, २०७६ Share
सुर्खेत–हिल्सा सडक समयमै बन्नेदक्षिणको भारत र उत्तरको चीन जोड्ने सो सडक बनाउन चीन सरकारले नीतिगत रूपमा स्वीकार गरेको र त्यसका लागि कर्णाली प्रदेश सरकारले चीन सरकार र नेपाल सरकारलाई धन्यवाद दिएको उनले बताए।१ कात्तिक, २०७६ Share
ट्रमा सेन्टरमा दैनिक सात सय बिरामी, हातखुट्टामा चोट लागेका धेरैयादवका अनुसार अस्पतालमा सबैभन्दा धेरै हातखुट्टामा चोट लागेर अस्पताल आउने गरेका छन् । निर्देशक डा. यादवले ट्रमा सेन्टरमा हालसम्म पनि भौतिक पूर्वाधारयुक्त हुन नसकेको बताउँदै हालसम्म सेन्टरमा एमआईआई सेवासमेत नभएको बताए ।१ कात्तिक, २०७६ Share
नयाँ सभामुखका लागि गृहकार्य सुरुसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै तर्फबाट सभामुख बनाउने गरी पार्टीमा छलफल सुरु भएको जनाइएको छ । संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि तत्कालीन सभामुख महराले राजीनामा दिएसँगै सभामुख पद रिक्त भएको हो ।१ कात्तिक, २०७६ Share
ध्वाँसे चितुवा संरक्षणमा नेपाल उत्कृष्ट पाँचमानेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । ‘युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन’ले विश्वभरबाट छानेको संरक्षण परियोजनामध्ये नेपालको परियोजना उत्कृष्ट पाँचमा परेको हो ।१ कात्तिक, २०७६ Share
जलवायु परिवर्तनको प्रभाव: खाद्यान्न सङ्कटउक्त सूचीअनुसार दक्षिण एसियालीमा नेपाल राम्रो स्थितिमा छ । भारत यो सूचीमा १०२ स्थानमा परेको छ । दक्षिण एसियाली मुलुकमा भोकमरीमा नेपालको भन्दा श्रीलङ्काको स्थिति राम्रो छ । जुन सूचाङ्कमा श्रीलङ्का ६६औँ स्थानमा रहेको छ ।३० असोज, २०७६ Share
बङ्गलादेशलाई बिजुली बेच्न त्रिपक्षीय बैठक गर्ने सहमतिआगामी वर्षको वर्षायाममै नेपालमा विद्युत् मागभन्दा धेरै उत्पादन हुने देखिएपछि सरकारले निर्यातका लागि गर्नुपर्ने पूर्वतयारीहरूलाई तीव्रता दिइरहेको छ ।३० असोज, २०७६ Share
प्रधानमन्त्रीकै उपस्थितिमा भएको पहिलो चिरफारवीरशमशेरकै पालामा १९५७ साल असारमा सुन्धारामा मेडिकल स्कुल स्थापना भएको थियो । त्यही मेडिकल स्कुलमा पहिलो एक समारोहबीच शव चिरफार गरिएको थियो । त्यसलाई अवलोकन गर्नका लागि प्रधानमन्त्री देवशमशेर स्वयं पुग्नुभएको थियो ।२८ असोज, २०७६ Share
थानकोट–नागढुङ्गा सुरुङमार्गको कात्तिक पहिलो साता शिलान्यासकाठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्गको शिलान्यास कात्तिकको पहिलो साता हुने भएको छ ।२८ असोज, २०७६ Share
चीनबाट ४० अर्ब ५६ करोडको आयात, २९ करोडको निर्यातचिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा उक्त समझदारी भएको हो । समझदारीअनुसार दुवै देशका वाणिज्य मन्त्रालयका सचिव उक्त समितिका संयोजक रहने छन् ।२७ असोज, २०७६ Share
अब नेपाली फलफूल चीनमा निर्यात गरिनेनेपाल सरकारले नेपालमा उत्पादन हुने जुनार र सुुन्तलाजन्य फलफूल चीन निर्यात गर्ने भएको छ ।२७ असोज, २०७६ Share