आन्तरिक ऋण उठाउने तयारीमा सरकारगत वर्ष पहिलो महिना साउनमा नै आन्तरिक ऋण उठाएको सरकारले चालु आर्थिक वर्ष नौ महिना पछि ऋण लिने तयारी गरेको छ। सरकारले गत वर्ष साउनमा ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।२० वैशाख, २०७६ Share
हरिसिद्धिको चार सय २० रोपनी : एनबी ग्रुपका श्रेष्ठ दाजुभाइद्वारा हिनामिनाकारखाना खोल्न किसानबाट अधिग्रहण गरेको चार सय २० रोपनी जग्गा हरिसिद्धि इँटा तथा टायल कारखानाका सञ्चालकले षड्यन्त्रपूर्वक हडपेर हिनामिना गरेको पाइएको छ।१९ वैशाख, २०७६ Share
विद्युत् प्राधिकरणको जग्गा व्यक्ति र गुठीका नाममाजिल्लाभर विद्युत् वितरणका लागि ६६ केभी प्रसारण लाइनदेखि कार्यालय भवनसम्म रहेको लगनखेलस्थित विद्युत् प्राधिकरणले १० रोपनीभन्दा बढी जग्गा भोगचलन गर्दै आएको छ। तर नेपाल विद्युत् प्राधिकरणको जिल्लादेखि केन्द्रसम्म त्यसबारे कुनै विवरण छैन, न त कार्यालयका कुनै कर्मचारीलाई जग्गाको क्षेत्रफल नै थाहा छ।१९ वैशाख, २०७६ Share
नेकपा पोलिटब्युरो गठन : भागबन्डामा सहमतिनेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ। नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो।१९ वैशाख, २०७६ Share
उपचार खर्च तिर्न नसक्दा बन्धक२६ मंसिर २०७५ मा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना भएका लिम्बू उपचारबापत लागेको खर्च बुझाउन नसक्दा १५ दिनदेखि अस्पतालकै शय्यामा बन्धक छन् । ‘१५ दिनअघि घाउ त ठीक भएको हो तर उपचार खर्च तिर्ने नभएकाले अस्पतालमै बन्धकजस्तै भएर बस्न बाध्य छु,’ सर्जरी वार्डको २२ नम्बर शय्यामा रहेका लिम्बूले भने ।१८ वैशाख, २०७६ Share
ललितानिवास प्रकरण : नेकपामा बदनामीको चिन्ताप्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरूले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।१७ वैशाख, २०७६ Share
बैंकहरुले बढाए नाफाबैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन्। उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको देखिएको छ। सोमबारसम्म सात वाणिज्य बैंकले चालु वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन। तीमध्ये नेपाल बैंकको नाफामात्र घटेको छ। अन्य बाँकी ६ बैंकको नाफा बढेको छ।१७ वैशाख, २०७६ Share
ललितानिवास जग्गा हिनामिना प्रकरण : पौडेललाई जोगाउन चलखेलभूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ।१५ वैशाख, २०७६ Share