राहत वितरणको मापदण्ड तयारसरकारले ‘लकडाउन’बाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने राहत सम्बन्धी नमूना मापदण्ड बनाएर सबै स्थानीय तहलाई पठाएको छ ।२१ चैत, २०७६ Share
सीमानामा अलपत्र नेपालीलाई खाना खुवाउँदै भारतीय जिल्ला प्रमुखकोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन नेपाल–भारतमा भइरहेको लकडाउनकाबीच सीमा नाकामा अलपत्र परेका नेपालीको भारतीय अधिकारीले स्वास्थ्य परीक्षण गरेर खाना खुवाउन थालेका छन् ।२१ चैत, २०७६ Share
भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्तभारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित ९३ वर्षीय एक पुरुष र उनकी ८८ वर्षीया श्रीमती कोरोना मुक्त भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।२० चैत, २०७६ Share
नाकामा पहरा दिन्छन् लिमीवासी, आफन्तको फोनमा ‘लकडाउन’को जानकारीहिमाल पारीको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी गाउँ यो प्रविधिको पहुँचमा छैन ।२० चैत, २०७६ Share
राष्ट्र बैंकले ल्यायो विशेष राहत प्याकेजकोरोना सङ्क्रमणको जोखिमका कारण उत्पन्न विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैङ्कले उद्योगी, व्यवसायी तथा व्यक्तिगतलगायतका कर्जालाई राहतस्वरूप विशेष प्याकेज ल्याएको छ ।राष्ट्र बैङ्कले उद्योगी, व्यवसायीलगायत सबै प्रकारका व्यक्तिगत कर्जालाई राहतस्वरूप सावाँ र ब्याज तिर्ने अवधि बढाएको छ ।१८ चैत, २०७६ Share
‘लकडाउन’मा गर्भवतीले कसरी रहने सुरक्षित ? यस्ता छन् चिकित्सकका सुझावकीर्तिपुरकी मुना राउत गर्भवती भएको ९ महिना भयो तर कोरोना सङ्क्रमणको भय र एकान्त बास (लकडाउन) को अवस्थाले उनी चिन्तित छिन् । वैशाखको अन्तिम साता सुत्केरी हुने मिति चिकित्सकले दिएका छन् । ९ महिना लागेपछि दिएको मितिभन्दा अघि वा पछि जुनसुकै बेला सुत्केरी हुने सम्भावना पनि चिकित्सकले औँल्याएका छन् तर अस्पतालमा सेवा र चिकित्सकको परीक्षण बन्द छ ।१७ चैत, २०७६ Share
कारागार सुरक्षित राख्न नयाँ व्यवस्था लागू गरिँदैएक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका कैदीबन्दीलाई रिहा गरिने भएको छ । मुलुकका विभिन्न कारागारमा रहेका कैदीबन्दीमा कोरोना भाइरस (कोभिड–१९) को सङक्रमण फैलिन नदिन रिहा गर्न लागिएको हो । कारागार व्यवस्था विभागले रिहा गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएको छ ।१७ चैत, २०७६ Share
आधा सिलिन्डर ग्यास वितरण सुरु, मूल्य ६ सय ७८ रुपैयाँनेपाल आयल निगमले शनिवारबाट आधा सिलिन्डर ग्यास बजारमा पठाएको छ । ७.१ किलोग्रामको सिलिन्डरलाई ६७८ रुपैयाँ मूल्य तोकेको छ । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशंकामा उपभोक्ताले सिलिन्डर मौज्दात राखेपछि वितरण प्रणालिलाई सहज बनाउन केही समय आधा सिलिन्डर वितरण सुरु गरेको निगमले जनाएको छ ।१६ चैत, २०७६ Share
चैते दशैँमा बलि नदिइनेकोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुलुक लक डाउनमा रहेका कारण हनुमानढोका दरबार हेरचाह अड्डाले चैते दशैंमा हनुमानढोका दरबारमा हुने ५४ राँगा र ५४ बोका बलि नगर्ने निर्णय गरेको छ ।१६ चैत, २०७६ Share
मजदुरलाई राहत प्याकेज वितरण गर्दै सरकारसरकारले दैनिक ज्यालादारी गरी जीविका चलाउने तथा न्यून आय भएकाहरूको लगत सङ्कलन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि आउजाउमा प्रतिबन्ध लगाएपछि प्रभावित बनेका मजदुर तथा न्यून आय भएकाहरूलाई राहत प्याकेज वितरण गर्न सो लगत सङ्कलन गर्न लागिएको हो ।१६ चैत, २०७६ Share
कोरोना रोकथाम कोषमा १५ करोड ३१ लाख जम्माविश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म १५ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ ।१५ चैत, २०७६ Share
कुखुराको दाना आपूर्ति सहज बनाउने तयारीकोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न गरिएको लकडाउनको प्रत्यक्ष असर कुखुरापालन क्षेत्रमा देखिएको छ । किसानमा अहिले आफूले पालेका कुखुराबाट उत्पादित अण्डा र मासु बिक्री नहुने समस्या त छँदैछ भएका कुखुरालाई खुवाउने दानासमेत अभाव हुन थालेको छ ।१५ चैत, २०७६ Share
चीनबाट अत्यावश्यक औषधि आज आइपुग्नेपरराष्ट्र मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न तत्काल अत्यावश्यक औषधिय सामग्री चीनबाट शनिबार आइपुग्ने जनाएको छ । ती सामग्री शनिबार आइपुग्ने गरी यतिबेला चीनको छेन्दुमा सङ्कलन भइरहेका छन् ।१५ चैत, २०७६ Share
‘लकडाउन’मा बालबालिकासँग यसरी बढाऔँ प्रगाढ सम्बन्धकोरोना सङ्क्रमण (कोभिड–१९) को खतराका कारण सरकारले गरेको लकडाउनको समयमा बालबालिकालाई सुरक्षित तवरले घरमा राख्नुपर्ने विज्ञहरूले बताएका छन् ।१४ चैत, २०७६ Share
सहज बन्दै आपूर्तिः व्यापारी भन्छन्, ‘मान्छे हिँड्न नदिने अनि पसल खोलेर मात्रै के गर्ने?’सरकारले देशमा लकडाउन गरे पनि दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्न पसल खुल्ला राख्न भनेको छ तर व्यापारीले भने ग्राहक नभएको भन्दै खुला राखेका छैनन् । सरकारी मातहतमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले समेत आफ्नो बिक्री केन्द्र बिहीबार २ बजे नै बन्द गर्यो ।१४ चैत, २०७६ Share
‘लकडाउन’मा विद्यार्थी भर्ना गरिए कारबाहीकोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने भएको छ ।१४ चैत, २०७६ Share
महिनामा आधा सिलिन्डर ग्यास वितरणको तयारीनेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ । बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको हो । तर, एक परिवारलाई महिनामा एउटा भरी सिलिन्डर आवश्यक पर्ने भएकाले दुईवटा आधा सिलिन्डर लिएर महिनाको १४.२ किलोग्राम ग्यास पुर्याउने निगमले जनाएको छ ।१४ चैत, २०७६ Share
सीमा नाका बन्द गर्ने निर्णय रोक्न सर्वोच्चद्वारा अस्वीकारनेपाली नागरिकलाई समेत स्वदेश फर्कन नमिल्ने गरी सीमा नाका बन्द तथा अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।१३ चैत, २०७६ Share