कांग्रेसका छायामन्त्रीको सूची तयारप्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो ।२१ वैशाख, २०७६ Share
कैद मिनाहा गर्न कानुन संशोधनगत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर (कैद कट्टासम्बन्धी) नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको हो ।२१ वैशाख, २०७६ Share
राष्ट्रपतिको सम्बोधनमा राजतन्त्रको झल्कोपञ्चायत र प्रजातन्त्र पुनस्स्थापनापछि पनि तत्कालीन राजाहरूले राष्ट्रिय पञ्चायत वा संसद्लाई सम्बोधन गर्दा ‘मेरो सरकार’ भन्ने गर्थे । संविधानमै पनि त्यतिवेला ‘श्री ५ को सरकार’ उल्लेख थियो ।२१ वैशाख, २०७६ Share
फानीको प्रभावले नेपालमा आइतबारसम्म वर्षासँगै हिमपात हुन सक्नेफानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने जनाएको छ ।२१ वैशाख, २०७६ Share
डोल्पा पठाइएको हजार क्विन्टल चामल बाटोमै बिक्रीदाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री गरेका हुन् ।२० वैशाख, २०७६ Share
एकतानजिक पुगे फोरम र नयाँ शक्तिसंघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच आउँदो सोमबार (२३ वैशाखमा) एकीकरण गर्ने गरी वार्ता अन्तिम चरणमा पुगेको छ । आइतबारसम्म दुवै पार्टीले आफ्ना केन्द्रीय समितिबाट एकतासम्बन्धी निर्णय गर्ने तयारी गरेका छन् ।२० वैशाख, २०७६ Share
गण्डकी प्रदेशका मन्त्रालयमा आर्थिक बेथितिगण्डकी प्रदेशका ६ मन्त्रालय र प्रदेश सभा सचिवालयले सार्वजनिक खरिद नियमावली र आर्थिक कार्यविधि नियमावली छलेर आर्थिक कारोबार गरेका छन् ।२० वैशाख, २०७६ Share
ठेकेदारको लापरबाहीले ठूला योजना अलपत्रमाओवादी द्वन्द्वमा ध्वस्त भएको अछामको मंगलसेन दरबारको निर्माण सम्झौता ०६५ सालमै भएको थियो । दुई वर्षभित्र दरबार बनाइसक्ने सम्झौतामा उल्लेख थियो । तर, ११ वर्ष बितिसक्दा पनि दरबार अधुरै छ । दुई करोड २५ लाख रुपैयाँमा दरबारको ठेक्का लगाइएको थियो ।२० वैशाख, २०७६ Share
प्रतिरोपनी रु. ३,१२४ का दरले अधिग्रहण भएको थियो बालुवाटारको जग्गाव्यक्तिको नाममा सारिएको बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगैको जग्गा सरकारले प्रतिरोपनी तीन हजार एक सय २४ रुपैयाँका दरले अधिग्रहण गरेको खुलेको छ । सुवर्णशमशेरका छोरानातिले भने सो जग्गा जफत गरिएको दाबी गरेका छन् ।२० वैशाख, २०७६ Share
सिंहदरबारकै जग्गा अतिक्रमण : किन मिचियो सिंहदरबार ?पर्खालभित्रबाट मात्र सडक निर्माण गर्दा सिंहदरबारको ४६ रोपनी ६ आना जग्गा अतिक्रमण भयो । पूर्वपट्टिको आफ्नो निजी जग्गा जोगाउन एकतर्फी रूपमा सिंहदरबारको जग्गा अतिक्रमण गरिएको ठहर गर्दै रामबहादुर रावल नेतृत्वको आयोगले जग्गा फिर्ता गराउन सिफारिस गरेको थियो । तर, ०५२ मा प्राप्त प्रतिवेदनउपर सरकार २४ वर्षसम्म मौन छ ।१९ वैशाख, २०७६ Share
पासपोर्टमा तोकिएभन्दा बढी डलर बोक्न निषेधविदेश भ्रमणमा जाँदा पाँच हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा बोक्न पाइन्छ । पासपोर्टमा एक हजार उल्लेख गरेर पाँच हजारसम्म लैजाने प्रचलन थियो । यही छिद्रको उपयोग गरी अवैध बजारबाट डलरलगायत विदेशी मुद्राको कारोबार र तस्करी हुने गरेको थियो ।१९ वैशाख, २०७६ Share
व्यवस्थापन समिति अध्यक्षकै घरमा कुटिए दलित प्रधानाध्यापकधवलागिरि गाउँपालिका–५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मा जातीय विभेदको सिकार बनेका छन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा ९मगर०को घरमा विद्यालय सञ्चालनकै विषयमा स्थानीय अगुवासँग छलफल गरिरहेका वेला उनीमाथि कुटपिट भएको छ ।१९ वैशाख, २०७६ Share
बालुवाटारका सूत्रधार विदेश फरारव्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १ सय ४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणमा संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ, तर मुख्य सूत्रधारहरुलाई निगरानीमा समेत राखेको छैन । उनीहरु आफैं सजग हुँदै विदेश लागेका छन् ।१८ वैशाख, २०७६ Share
ललितानिवासको सरकारी जग्गा ४१७ कित्तामा टुक्रियो, थप टुक्रा खोज्दै मालपोतव्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका छन् । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा परेको छ ।१६ वैशाख, २०७६ Share
खुलामञ्चमा सरकार र ठेकेदारको लुकामारी, मर्कामा साना व्यापारी‘सहकारीबाट लिएको ऋण डुबेपछि अब के गर्ने थाहा छैन,’ उनले भने । भेटवाललाई रकम बुझाएको प्रमाण कुनै पनि व्यापारीसँग छैन । ठेकेदार कम्पनीका मालिक भेटवालले कागजपत्र बनाएर रकम बुझ्न नमानेपछि भरपाईविनै व्यापारीले उनलाई पैसा दिएका थिए ।१५ वैशाख, २०७६ Share
आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा०७६ को सुरुमै नेपालकै पहिलो स्याटेलाइट प्रक्षेपण, भेरी–बबई सुरुङको ब्रेक थ्रु र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार भयो । निजी क्षेत्रले निर्माण गरेका दुई पाँचतारे होटेल मारियोट र सोल्टी पनि नयाँ वर्षको सुरुदेखि औपचारिक सञ्चालनमा आए ।१४ वैशाख, २०७६ Share