बाजुरामा गोली हानी एक महिलाको हत्या, श्रीमान् पक्राउबाजुरा जिल्लाको गौमूल गाउँपालिका-४ मा एक महिलालाई गोली हानेर हत्या गरिएको छ । हिजो राति ३३ वर्षीया सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।२७ चैत, २०७६ Share
कोरोना त्रास : कर्णालीमाथि बनेका सबै पुलमा तारबारबाजुरा जिल्लाबाट कर्णाली प्रदेशसँग जोडिएका जिल्लाका सबै नाकामा पर्ने पुलमा तारबारले बाटो छेकिएको छ । जिल्लाको स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकासँग जोडिएका कर्णली नदीमा रहेका पुलहरूमा काँडेतारको बार लगाइएको छ । भारतबाट र शहरबाट आएकाहरू रातिको समयमासमेत गाउँमा प्रवेश गर्ने जोखिम देखेर तारबार लगाइएको हो ।२५ चैत, २०७६ Share
दैनिक ज्यालादारीका काम ठप्प हुँदा सास्ती, पाँच सय ९० परिवारलाई राहात वितरणबाजुरा जिल्लाको सदरमुकाम बडिमालिका नगरपालिका–८ का असहायको घरमा दैनिक ज्यालादारी गर्न नपाउँदा चुलो बल्न छोडेपछि वडा अध्यक्ष प्रकाश रावलले खाद्यान्न सामग्री बोकेर उनीहरूको घरमा पुगेर वितरण गरेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न लकडाउन भइरएकाले सदरमुकामा दैनिक ज्यालामजुरी गर्न नपाएपछि उनीहरूलाई समस्या भएको हो ।२४ चैत, २०७६ Share
बाजुराको रुघाखोकी प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली पुग्याेबाजुराको खप्तड छेडेदह गाउँपालिका–३, पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीले प्रभावित भएपछि गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेर उपचार गरी फर्किएको छ । १ सातादेखि फैलिएको रुघाखोकीको संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।१९ चैत, २०७६ Share
बाजुरामा कोरोना आशंकामा १ किशाेर आइसोलेसनमा भर्नाजिल्ला अस्पताल बाजुराको आइसोलेसन वार्डमा कोरोना भाइरस (कोभिड–१९) को आशंकामा १६ वर्षीय किशोरलाई भर्ना गरिएको छ ।१९ चैत, २०७६ Share
सदरमुकाममै बत्ती बलेन, १ वर्षमा सक्नुपर्ने काम ७ वर्षमा पनि सकिएनजिल्लाको सदरमुकाम बडिमालिका नगरपालिका– ८ मा विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का दिएको सात वर्ष बितिसक्दासमेत यहाँका जनताले विद्युतको उज्यालो पाउन नसकेका हुन्३ चैत, २०७६ Share
ठेक्का मिलाउन गाउँपालिका अध्यक्षद्वारा पैसाको बार्गेनिङबाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले निर्माण व्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसँग ठेक्का मिलाउन पैसाको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ२३ फागुन, २०७६ Share
प्रहरी कार्यालयलाई लक्षित गरी राखिएकाे बम सेनाले पार्याे निष्कृयबाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पाेज गरेको छ ।१० फागुन, २०७६ Share
बाजुरामा बँदेलको आक्रमणबाट सात जना घाइतेगौमुल गाउँपालिका–३ माझपालीमा रहेको धर्मोदय आधारभूत विद्यालयको सरसरफाइमा जुटेका सात जना जंगली जनावर बँदेलले आक्रमणबाट घाइते भएका छन्२७ माघ, २०७६ Share
बाजुरामा रुघाखोकी फैलिँदै, २ जनाको मृत्युरुघाखोकीका कारण स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुका ९० वर्षीया दल रावल र सोही गाउँकी ५५ वर्षीया प्रेमा कडाराको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर कैलाले बताए२२ माघ, २०७६ Share
सचेतना बढाउँदै, छाउ गोठ भत्काउँदैआइतबार प्रहरी निरीक्षक दानबहादुर रोकायाको नेतृत्वमा गएको टोलीले उक्त छाउगोठ भत्काएको हो२९ पुस, २०७६ Share
धर्मसंस्कृति जोगाउन कर्णाली तटमा गुरुकुल शिक्षा‘शिक्षा लिएर मात्र नहुने भयो, आफ्नो धर्म नै नजानेपछि कर्म गर्न असम्भव भएकाले मैले छोराको शिक्षा यही गुरुकुल विद्यापिठबाट गराउन थालेको हुँ,’ उनले भने२५ मंसिर, २०७६ Share
दुर्गमका सुत्केरीको नियति : उपचार नपाएरै मृत्युवरणबाजुरामा यस वर्ष मात्रै ढिलोगरी स्वास्थ्य संस्था पुर्याएका कारण उपचार नपाएर तीन जना सुत्केरीको मृत्यु भएको छ । गत भदौ २५ गते जिल्ला अस्पताल बाजुरामा उच्च रक्तश्रावका कारण बुढीनन्दा–१० की ३५ वर्षीया निर्मला बोहोराको मृत्यु भएको थियो । दुई वर्षअघि बोहोराको पहिलो सन्तान जन्मिँदा पनि जिल्ला अस्पतालमा अप्रेसन गरिएको थियो ।१० मंसिर, २०७६ Share
गाउँ गाउँमा पहिरो, बाजुरा सडक सम्बन्धबाट बिच्छेदजिल्लाको पुर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी, कोल्टी सडक र अन्य ग्रामीण सडकहरु अबरुद्ध भएका छन् । ग्रामीण सडक अवरुद्ध भएको दुई महिना भइसकेको खप्तड छेडेदह गाउपालिका–२ का स्थानीय सुन्त लुहारले बताएका छन्२९ भदौ, २०७६ Share
बाजुरामा जीप दुर्घटना, ३ जना घाइतेबुढीनन्दा नगरपालिकाको कोल्टी बजारबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको जीप दुर्घटना भएको छ ।१३ भदौ, २०७६ Share
उदघाटन गर्न धारामा ‘नक्कली पानी’योजना पास गर्न खोलाको पानी पाइपमा भरेर धाराको उदघाटन गरियो । पाइपमा एकपटक भरिएको पानी सकिएपछि धाराको पानी पनि सुक्यो१६ साउन, २०७६ Share
दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्याबाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कारपछि हत्या भएको छ।८ साउन, २०७६ Share
‘यहाँ जतिबेला जे पनि हुन सक्छ, निद्रै लाग्दैन’उनीहरु दुई साताअघि रेडक्रसमा राहत माग्न पुगे । रेडक्रसका प्रतिनिधिले उनीहरुलाई जबाफ दिए, ‘यहाँ मरेपछि मात्र राहत माग्न आउनुहोला ।’ रेडक्रसका प्रतिनिधिको जबाफ सुनेर चित्त दुखेको भन्दै स्थानीय रूपा चँदाराले भनिन्, ‘जवाफ सुनेर मन कटक्क खायो, रित्तै फर्कियौं ।’२७ असार, २०७६ Share