ह्याङओभरबनाउनभन्दा भत्काउन सजिलो रहेछ । मैले बिसौँ वर्ष लगाएर बनाएको आफूलाई महिनाभरमा भत्काइभ्याएँ । यी सबैसबै हुँदा पनि कसैले मलाई 'तँलाई के भो' भनेर सोधेनन् । बरु मैले नखाएर जतिजति दुब्लाउँदै गएँ, उतिउति मेरो बोस मेरो फिगरको तारिफ गर्न थाल्यो । साथीहरू लोभिन थाले । समाजका नजर सधैँ आफूविपरीत हुँदा रहेछन् ।२१ मंसिर, २०७८23 min read Share
अफरप्रशान्त, रोमियो, किलोपेट्रा, दशरथ माझी जस्तैजस्तै । अथवा अरूअरू नै काेही अलि रहस्यमय होस् । म एउटा सिम्बोलिक पात्रको खोजीमा अल्झिएको निकै लामो समय भइसक्यो । कुनै छापालाई कथा दिनु छ । त्यसैको तयारीमा छु । ‘के त्यो अजनवी मैले खोजेकी पात्र हुन सक्दिन ?' साँझमा म ल्यापटपअगाडि घोत्लिइरहेछु । 'साँच्चै त्यसकै बारेमा कथा लेखौँ कि क्या हाे ? काल्पनिक बिम्ब/पात्रको मात्र कति प्रयोग गर्नु, जीवित पात्रलाई कथामा उतार्न नसकिएला त ?'२३ कात्तिक, २०७८29 min read Share
मजाकअरु जे गर् तर मेरो नादानीको मजाक नबना । हरकोहीलाई आफ्नो कमजोरीमाथि प्रहार गरेको मन पर्दैन,' मलाई भन्न मन लागेको हो तर भनिनँ । मालिक र नोकरबीचमा सायदै संवाद हुन्छ । हाम्रो पनि भएन । किनकि, मालिकले दोस्रो सवाल गरेन । नोकरहरू त त्यसै पनि सुन्ने मात्र त हुन् । बरु चुपचाप मैले नै पुछेको गाडी चढेर ऊ बाहिर निस्कियो सुइँsया ….१३ जेठ, २०७८32 min read Share
मिलनशासकको आदेश सुनेर एकाएक राज्य निराश भयो । राज्यका सबै नागरिक निराश भए । सैनिकहरूमा ऊर्जा हरायो । यस्तो देखेपछि तिमीलाई बढी माया लागेर आयो । सैनिकलाई गोप्य रूपले चर्चमा बोलाएर सुन्दर स्त्रीसँग विवाह गरिदिन थाल्यौँ । तिम्रो यो चाला क्लाउडियसले थाहा पाइहाले । त्यसपछि तिमीलाई जेल चलान गरियो१ फागुन, २०७७23 min read Share
भारुसभालँगौटियाहरूको पारा देखेर अघिदेखि कुनामा बसेर दारु पिइरहेको दक्षिणढोके भारुस्थानीले मौका छोप्छ । बसेठाउँबाट जुरुक्क उठ्छ । अघि दारु पिउँदा बस्न अप्ठ्यारो भएर हङ्गेले फुकाली राखेको खानदानी तरबार जुरुक्क उचाल्छ । र, विलम्ब नगरी सबै आत्माको घाँटी छप्काउन थाल्छ । ऊ कुर्लंदै छ, ‘अब तिमीहरूको टेबुल मेरो कब्जामा भयो । तिमीहरूको कुर्सी मेरो कब्जामा भयो । तिमीहरूको दारु मेरो अधीनमा भयो । अब म खान्छु यी सितनहरू । म पिउँछु त्यो दारु’२८ पुस, २०७७24 min read Share
जवानी, छोराछोरी बिर्सिएर परदेशमा यत्राे वर्ष ?हेमन्तको निर्मम प्रहारले ढक्क दक्षिण कोरियाको पश्चिम सिमाना भएर बग्ने एल्लो सी (yellow sea) जमेको छ, यतिबेला । र, हामी त्यही समुद्रको किनारमा ट्वाँक लगाउन बसेका छौँ१० पुस, २०७७24 min read Share
पैसाखुसी, सन्तुष्टि, परिवार, आफन्तहरूभन्दा पैसा ठूलो रहेनछ । पैसा र इज्जत मात्र कमाएर नपुग्दो रहेछ । ऊ सोचमग्न हुन्छ । कताकता उसलाई आफू संसारको सबैभन्दा डरछेरुवा लाग्छ । कायर लाग्छ । नालायक लाग्छ । गरिब लाग्छ । रित्तो लाग्छ । असलमा ऊ रित्तै पनि त छ । साँच्चै पैसाभन्दा अरु के नै छ र ऊसँग ?२६ मंसिर, २०७७24 min read Share
कोरोना महासंकटमा पनि नचेत्ने नेपालीसरकारले विकास निर्माणका विशेष केही योजनाहरू बनाउनुपर्ने हो । तर, दक्षिण एसियाकै शक्तिशाली भनिएको ओली सरकारले कानमा तेल हालेर बसेकाे छ । सरकारले निकै महत्त्वाकाङ्क्षी भनेको निजगढ विमास्थल निर्माणको काम विदेशी ठेकेदारको हातमा नसुम्पिएर बेरोजगार आफ्नै नागरिकहरूलाई प्रयोग गर्न सक्थ्यो । दसाैँ वर्षदेखि भ्रष्टाचारको अखडा बनिरहेको मेलम्ची खानेपानी आयोजनालाई लकडाउनको अवधिमा मूर्त रूप दिन सक्थ्यो२५ असोज, २०७७ Share
(कथा) बेड नम्बर १११खामभरी पत्रै पत्र छन् । प्रत्येक पत्रमा उसका र मेरा हैन, हैन उसले बिताएको एक्लोपनका क्यानभासहरू छन् । उसको बाबा काममा गएपछि घरमा एक्लै बस्नुपर्दाका बोझिला क्यानभासहरू छन् । बिरामी पर्दा ममताले सुमसुम्याइदिने आमाका हातहरू नहुँदाका छटपटीहरू छन् । मान्छे मान्छेबीचमा पैसाले बनाइदिएका बडेमानका पर्खालहरू छन्१६ असोज, २०७७ Share