प्रश्न (कविता)कहिले जनताको व्यापार कहिले सरकारी भूमिको व्यापार, पानीदेखि खुनसम्म नुनदेखि सुनसम्म । व्यापार यति फस्टायो तिम्रो कुर्सीमा आएको बीस वर्ष नपुग्दै तिमीले बीसौँ पुस्तालाई पुग्ने नाफा कमायौ । म र महरू बीस वर्ष नपुग्दै विदेश हिँडेको जहाँ पुगे पनि एउटै प्रश्नमा अल्झिरहेका हुन्छौँ- सरकार ! तिम्रो एक कालको संघर्षको पेन्सन हाम्रो कतिऔँ पुस्ता विदेशिएपछि तिर्नु पर्दैन ?२ भदौ, २०८०2 min read Share